News Summary
Generated by OK AI. Editorially reviewed.- लिभरपुलले प्रिमियर लिगमा आर्सनललाई १-० ले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ ।
- डोमिनिक सोबोजलाईले ८३औं मिनेटमा गरेको फ्रिकिक गोल निर्णायक रहँदा लिभरपुलले ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।
- क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३-० ले हराएको छ ।
१६ भदौ, काठमाडौं । डोमिनिक सोबोजलाईले खेलको अन्त्यतिर गरेको गोलमा साविक विजेता लिभरपुलले प्रिमियर लिगमा आइतबार आर्सनललाई १-० ले पराजित गर्दै शतप्रतिशत जित यात्रा कायम राखेको छ ।
लगातार तेस्रो जितपछि ९ अंक जोडेर लिभरपुल शीर्ष स्थानमा उक्लेको छ ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका डोमिनिक सोबोजलाईले ८३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले फ्रिकिक मार्फत गरेको त्यही गोल निर्णायक बन्दा लिभरपुलले ३ अंक जोड्न सफल भयो ।
प्रिमियर लिगमा तीन चरणको खेल सकिँदा शतप्रतिशत जित निकाल्ने लिभरपुल नै एक मात्र टिम बनेको छ । पहिलो हार व्यहोरेको आर्सनल भने ३ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तै अर्को खेलमा क्रिस्टल प्यालेससले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ ।
प्रतिक्रिया 4