
News Summary
Generated by OK AI. Editorially reviewed.- पछिल्लो समय चर्चित ब्यान्ड केहर एन्ड द लुंगा पार्श्र्वसंगीतमा डेब्यु गर्दै दिनेश राउतको फिल्म कुमारीमा ३ गीत कम्पोज गर्ने भएका छन्।
- फिल्म कुमारीको घोषणा समारोहमा ब्याण्डले ’सरर सरर’ र फिल्मका लागि तयार पारेको गीत ’कहाँ छौ’ प्रस्तुत गरेको थियो।
- फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी शीर्ष भूमिकामा छन् र छायांकन केही दिनमा सुरु हुने जनाइएको छ।
काठमाडौं । पछिल्लो समयको चर्चित ब्यान्ड ‘केहर एन्ड द लुंगा’ ले पार्श्र्वसंगीतमा डेब्यु गर्ने भएको छ । दिनेश राउतको आगामी रोमान्टिक फिल्म ‘कुमारी’ मा ब्यान्डले ३ गीत कम्पोज गर्ने छ ।
केही दिनअघि टुँडिखेलमा आयोजित समारोहमा फिल्मको औपचारिक घोषणा गरिएको थियो, जहाँ ब्यान्डकाे पनि परिचय गराइएको थियो ।
निर्देशक राउतले ब्यान्डले ३ गीत कम्पोज गर्ने बताए । अर्को एक गीत भने ‘भ्वाइस अफ नेपाल’ फेन्ड प्रशान्त शिवाकोटीले गर्नेछन् ।
‘सम्झना, तिमीलाई सम्झेर, बैगुनी, आजकल, सरर सरर, सपनीमा, बहाना, मरिन्छ कि बाँचिन्छ, आउन, सोल्टिनी ब्यान्डका हिट गीत हुन् ।
केहर स्पोटीफाईमा पछिल्लो समय धेरै सुनिने संगीतकर्मीमध्ये पर्छन् । उनलाई स्पोटीफाईमा मासिकरुपमा १ लाख ५३ हजार पटक सुनिन्छ ।
फिल्मको घोषणा समारोहमा पनि ब्यान्डले ’सरर सरर…’ सहित फिल्मका लागि तयार पारेको गीत ’कहाँ छौ’ प्रस्तुत गरेको थियो ।
प्रस्तुतिका क्रममा केहरले फिल्ममा पनि श्रोता तथा दर्शकबाट मायाको अपेक्षा रहेको बताए । फिल्मबाट अभिषेक खड्का र आकृति राजभण्डारीले शीर्ष भूमिकामा अभिनय गर्दैछन् । छायांकन केही दिनमा सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया 4