News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एले गुवाहाटीमा जारी टी-२० सिरिजको अन्तिम खेलमा आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
- सन्दीप जोराले ३९ बलमा ६४ रन बनाए भने शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन बनाए।
- आजको खेल जित्ने टोलीले शृंखला ३-२ ले जित्नेछ।
१६ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ए ले आसामलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदै आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । ३९ बलमा उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाए ।
आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २-२ विकेट लिए ।
बिहीबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो ।
त्यस्ते तेस्रो खेलमा शनिबार ९ रनले नेपाल ए विजयी भएको थियो भने चौथो खेलमा आइतबार आसाम १८ रनले विजयी भएको थियो ।
आजको खेल जित्ने टोलीले शृंखला ३-२ ले जित्नेछ ।
प्रतिक्रिया 4