
काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले दशैं अफर ‘दशैंको मुड, सबै गुड’ अफर घोषणा गरेको छ ।
२५ भदौदेखि २४ असोजसम्म लागु हुने यो योजना अन्तर्गत सामसङ टीभी, रेफ्रिजिरेटर र वासिङ मेसिनमा विशेष छुट र आकर्षक उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस अफरमा ग्राहकले ३५ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक अफर पाउनेछन् ।
कम्पनीका अनुसार ७५ र ८५ इञ्चका क्यूएलईडी टीभी किन्दा साउन्डबार उपहार पाउनेछन् । टी, ए, बी, सी, डी र एफ सिरिजका टीभीमा ३ वर्षको फुल वारेन्टी र निःशुल्क प्रोफेसनल इन्स्टलेसन सुविधा पनि रहने कम्पनीले जनाएको छ ।
सामसङका सिंगल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजिरेटरमा १९ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक पाइन्छ ।
छानिएका ७०० लिटर साइड–बाइ–साइड मोडेल किन्दा माइक्रोवेभ ओभन उपहार पनि पाउन सकिने छ । सामसङका टप–लोड र फ्रन्ट–लोड वासिङ मेसिनमा २४ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सकिने छ ।
योग्य टप–लोड (७ किलोभन्दा माथि) वा ९ किलो फ्रन्ट–लोड किन्दा सर्फ एक्सेल म्याटिक १ किलो र ८ किलोभन्दा माथिका फ्रन्ट–लोड मोडेलमा सर्फ एक्सेल म्याटिक ६ किलो पाइने कम्पनीले जनाएको छ ।
रेफ्रिजिरेटर र वासिङ मेसिनमा डीआईटीमा २० वर्षको वारेन्टी दिइने छ र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध छ ।
ग्राहकले पुराना होम एप्लायन्ससँग नयाँ साट्न मिल्ने सुविधा पनि कम्पनीले ल्याएको छ । त्यस्तै किस्ताबन्दी सुविधामा पनि टीभी तथा होम एप्लायन्स किन्न सकिने छ ।
प्रतिक्रिया 4