+
+
Shares

४ करोडसहित पक्राउ परेका विनोदका छोराको अफिसमा पनि प्रहरीको छापा

विनोदका छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित कार्यालयमा प्रहरीले छापा मारेर केही नगद र सुनका गरगहना बरामद गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १७:४१
गोंगबुस्थित राजकुमार श्रेष्ठका बुबा विनोद कुमार श्रेष्ठको घरबाट बरामद गरिएका नगद तथा गरगहनाहरू ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको गोंगबुमा विनोदकुमार श्रेष्ठको घरबाट चार करोड २५ लाख ५० हजार रुपैयाँ र ९ किलो ८३७ ग्राम सुन बरामद भएको छ।
  • राजकुमार श्रेष्ठको नयाँबजारस्थित कार्यालयमा प्रहरीले छापा मारेर नगद ९० हजार ५ सय र सुनका गरगहना बरामद गरेको छ।
  • पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई नगद र गरगहनासहित राजश्व अनुसन्धान विभागको कार्यालय हरिहर भव पठाइएको छ।

१८ भदौ, काठमाडौं । काठमाडौंको गोंगबुमा ४ करोड २५ लाख ५० हजार रुपैयाँ र ९ किलो भन्दा बढीसुनसहित समातिएका विनोदकुमार श्रेष्ठको छोराको अफिसमा पनि प्रहरीले छापा मारेको छ ।

विनोदका छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित कार्यालयमा प्रहरीले छापा मारेर केही नगद र सुनका गरगहना बरामद गरेको हो ।

सनम खड्गीको घरमा कोठा भाडा लिएर राजकुमार बसेको सूचना पाएपछि त्यहाँ छापा मारेको प्रहरीले  ९० हजार ५ सय नगद फेला पारेको छ ।

त्यसैगरी सुनको ५ थान छड्के तिलहरी, १ थान नौगेडी, २ थान बेरुवा औठी र १ थान सुनको लकेट बरामद गरेको छ ।

यसअघि बाबु विनोदकुमार श्रेष्ठको घरबाट प्रहरीले चार करोड २५ लाख ५० हजार बरामद गरेको थियो । बरामद सुनका विभिन्न गरगहनाहरु तौल गर्दा ९ किलो ८३७ ग्रा, ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका थिए ।

पक्राउ परेका विनोदलाई नगद र गरगहनासहित राजश्व अनुसन्धन विभागको कार्यालय हरिहर भवन पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?