+
+
Shares

‘करिब ४ करोडसहित गोंगबुबाट पक्राउ परेका श्रेष्ठ मिटरब्याजी’

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका मिटर सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते २२:३५
गोंगबुबाट पक्राउ परेका विनोद कुमार श्रेष्ठको घर र त्यहाँबाट बरामद नगद तथा गरगहनाहरू।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई करिब चार करोड रुपैयाँसहित पक्राउ गरिएको छ।
  • प्रहरीले श्रेष्ठ मिटरब्याजी रहेको र सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको दाबी गरेको छ।
  • बरामद रकम ३ करोड ७५ लाख रुपैयाँ रहेको र सुनको तौल तथा जाँच गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

१७ भदौ, काठमाडौं। आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ ।

उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनाल भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी रहेको देखिन्छ । सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको देखिन्छ ।’

७७ वर्षीय श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड राखेका थिए । अहिलेसम्म बरामद रकमअनुसार ३ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले बताएको छ ।

त्यसैगरी प्रहरीले सुनका गरगहनाहरू पनि बरामद गरेको छ भने बरामद सुनको जाँच गर्न र तौल गर्न बाँकी रहेको प्रहरीले बताएको छ ।

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् । पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?