+
+
Shares

लागूऔषध कारोबारीको अड्डामा प्रहरीको छापा : हतियार लुट्ने ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते ९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापामा प्रहरीले ८ जनालाई ७ ग्राम ८०० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको छ।
  • पक्राउ परेकामध्ये दुई जनाले प्रहरीको हतियार लुट्ने र हिरासतबाट भाग्ने घटनामा संलग्नता रहेको छ।
  • लागुऔषध बिक्री वितरणको गोप्य सूचनाका आधारमा दमक नगरपालिका भुटानी शरणार्थी शिविरमा छापा मारेको थियो।

२६ असोज ,विराटनगर । झापामा प्रहरीको हतियार लुट्ने र हिरासतबाट भागेका दुईसहित ८ जना लागूऔषधसहित पक्राउ गरेको छ ।

शनिबार साझ दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सेक्टर ए ३ हट नं. ३५३ मा छापा मारेको प्रहरीले जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुट्ने र इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट भागेका थुनुवासहित आठ जनालाई ७ ग्राम ८०० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो।

लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेकाे थियो ।

घरधनी दमक–३ वेलडाँगी भुटानी शरणार्थी शिविरका साजन थापा (२७), इलाम चुलाचुली–३ का दिपेश तामाङ (३२) र सनम राई (३२), दमक–३ का आदित्य लिम्बू (१८), पविन विश्वकर्मा (१९) र सुचन दर्जी (२५), वेलडाँगी भुटानी शिविरका बिजय माझी (२५) र मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेकामध्ये आदित्य लिम्बू ‘जेनजी आन्दोलन’का क्रममा २४ भदौमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय झापका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट फरार रहेका व्यक्ति हुन्। त्यसबेला उनी लागूऔषध मुद्दाकाे अनुसन्धानका लागि हिरासतमा थिए ।

घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

बरामद लागुऔषध र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?