News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईले सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कप क्रिकेट २०२५ का लागि १७ सदस्यीय टोली सार्वजनिक गरेको छ।
- यूएईको कप्तानी मुहम्मद वासीमले गर्नेछन् र टोली समूह ‘ए’ मा भारत, पाकिस्तान र ओमानसँग छ।
- यूएईले पहिलो खेल सेप्टेम्बर १० मा दुबईमा भारतविरुद्ध खेल्नेछ र टोलीमा मतीउल्लाह खान र सिम्रनजित सिंह थपिएका छन्।
१९ भदौ, काठमाडौं । यही सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कप क्रिकेट २०२५ का लागि यूएईको १७ सदस्यीय टोली सार्वजनिक भएको छ। घरेलु मैदानमा हुने यो प्रतियोगितामा यूएईको कप्तानी स्टार ब्याटर मुहम्मद वासीमले गर्नेछन्।
यूएई समूह ‘ए’ मा भारत, पाकिस्तान र ओमानसँग छ। टोलीले पहिलो खेल सेप्टेम्बर १० मा दुबईमा भारतविरुद्ध खेल्नेछ। हाल अफगानिस्तान र पाकिस्तानसँगको त्रिकोणात्मक सिरिज खेलिरहेको टोलीमै पेसर मतीउल्लाह खान र लेफ्ट-आर्म स्पिनर सिम्रनजित सिंह थपिएका छन्।
यसअघि यूएईले २०१६ मा बंगलादेशमा भएको एसिया कपमा सहभागिता जनाएको थियो। यस संस्करणमा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
हरेक समूहका शीर्ष दुई टिम ‘सुपर फोर’ मा प्रवेश गर्नेछन् र अन्तिममा दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
यो प्रतियोगिता सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपअघि एसियाली टिमहरूका लागि तयारी पनि मानिएको छ।
यूएईको टोली : मुहम्मद वासीम (कप्तान), अलिशान शराफु, आर्यांश शर्मा, आसिफ खान, ध्रुव पराशर, इथान डी’सुजा, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दीकी, मतीउल्लाह खान, मुहम्मद फारुक, मुहम्मद जवदुल्लाह, मुहम्मद जोहेब, राहुल चोपडा, रोहिद खान, सिम्रनजित सिंह र सगीर खान।
प्रतिक्रिया 4