
News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडाले मनोनयन दर्ता गरेका छन्।
- निजामती सेवा विधेयकको प्रतिवेदनमा 'कुलिङ पिरियड' सम्बन्धी प्रावधान राख्दा छलछाम गरेकोमा खतिवडालाई जिम्मेवार ठहर्याइएको थियो।
- खतिवडाले समितिको सभापतिबाट राजीनामा दिएपछि उनलाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइएको थियो।
१९ भदौं, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडाले मनोनयन दर्ता गरेका छन् । निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान राख्दा छलछाम गरेकोमा संसदीय छानबिन समितिले उनलाई जिम्मेवार ठहर्याएको थियो ।
त्यसपछि उनले समितिको सभापतिबाट राजीनामा दिएका थिए । राजीनामा दिए लगत्तै उनलाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइएको थियो । राज्य व्यवस्था समितिबाट खतिवडाले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिकी सभापति इश्वरी न्यौपानेलाई त्यहाँ लगिएको थियो ।अहिले न्यौपाने विगत सभापति रहेको ठाउँमा खतिवडालाई ल्याउन लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4