२३ भदौ, काठमाडौं । संसदीय सुनुवाइ समिति सभापति रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले सोमबार बिहान सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमा छेडखानी गरेको आरोपमा संसदीय छानबिन समितिले जिम्मेवार ठहराएसँगै समिति सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका थिए ।
संसदीय समिति सभापति ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेसँगै संसदीय सुनुवाइ समिति सभापतिको पद रिक्त थियो ।
रिक्त पदमा नेपाली कांग्रेसबाट खतिवडाको मात्रै उम्मेदवारी परेपछि खतिवडा संसदीय सुनुवाइ समितिको सभापति निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4