+
+
Shares

संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते ६:२१

२० भदौ, काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ ।

कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा साँझ ५:१५ बजे बस्नेगरी निर्धारण भएको बैठकमा सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।

पहिले यो समितिको सभापति ईश्वरीदेवी न्यौपाने थिइन् । उनले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सुनुवाइ समितिको सभापति पद रिक्त छ ।

सोही समितिको सभापति चयनका लागि आज बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?