News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्डका पूर्व क्रिकेटर रस टेलरले सामोआको राष्ट्रिय टोलीबाट खेल्ने घोषणा गरेका छन्।
- टेलरले तीन वर्षको कुलिङ अफ पिरियड पूरा गरी सामोआका लागि खेल्ने योग्यता पाएका छन्।
- उनी टी-२० विश्वकप एसिया-इएपी छनोटमा सामोआबाट खेल्नेछन् र नेपालविरुद्ध पनि खेल्न सक्ने सम्भावना छ।
२० भदौ, काठमाडौं । न्युजिल्यान्डका पूर्व स्टार क्रिकेटर रस टेलरले सामोआको राष्ट्रिय टोलीबाट खेल्ने भएका छन् । न्युजिल्यान्डबाट सन्यास लिइसकेका टेलरले सामाजिक सञ्जालमा सामोआबाट खेल्ने कुरा सार्वजनिक गरेका हुन् ।
उनी अब नेपाल समेत सहभागी हुने टी-२० विश्वकप एसिया-इएपी छनोटमा सामोआबाट खेल्ने छन् । उनलाई सामोआको टोलीमा समावेश गरिसकिएको छ ।
नेपाल र सामोआ फरक समूहमा रहेपनि दुवै टोली अघिल्लो चरणमा प्रवेश गरेमा रस टेलरले नेपालविरुद्ध पनि खेल्ने अवस्था बन्ने छ ।
टेलरले आमाको नामबाट सामोआको पासपोर्ट प्राप्त गरेका छन् । उनले सन् २०२२ अप्रिलमा न्युजिल्यान्डबाट अन्तिम खेल खेलेपछि तीन वर्षको ‘कुलिङ अफ पिरियड’ पूरा गरी सामोआका लागि खेल्ने योग्यता पाएका थिए ।
उनले २००६ देखि २०२२ सम्म न्युजिल्यान्डका लागि ११२ टेस्ट, २३६ एकदिवसीय र १०२ टी–२० अन्तर्राष्ट्रिय खेले । यस अवधिमा उनले क्रमशः टेस्टमा ७६८३ रन, एकदिवसीयमा ८६०७ रन र टी–२० मा १९०९ रन बनाए ।
टेलर न्युजिल्यान्डका सर्वकालीन महान खेलाडीमध्ये एक मानिन्छन् ।
प्रतिक्रिया 4