
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामको स्वरमा ’गुनासो’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ।
- प्रदीप चापागाईंको शब्द, लेखु सहयात्रीको कम्पोज र विशम आचार्यको एरेन्ज तथा मिक्सिङ रहेको गीत प्रेमभावको छ।
- गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने सनिशा भट्टराई र राज कटुवालले अभिनय गरेका छन्।
काठमाडौं । ’नेपाल आइडल’ सिजन ६ की विजेता गंगा सोनामको स्वरमा ’गुनासो’ बोलको गीत सार्वजनिक भएको छ ।
आइडल विजेता बनेपछिको गंगाको पहिलो गीत हो, जुन युट्युबमा सार्वजनिक भएको छ ।
प्रदीप चापागाईंको शब्द, लेखु सहयात्रीको कम्पोज रहेको गीत विशम आचार्यले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।
प्रेमभावको यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । अभिनेत्री सनिशा भट्टराई र अभिनेता राज कटुवालले अभिनय गरेका छन् ।
उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4