+
+
Shares

इटहरीमा दिपलको ‘स्टेट अफ आर्ट शोरुम’ उद्घाटन, विशेष टेस्ट ड्राइभ र एक्स्चेन्ज सुरु

कार्यक्रममा दिपलका सम्पूर्ण अत्याधुनिक ईभी लाइनअप टेस्ट ड्राइभका लागि उपलब्ध छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १९:०४

काठमाडौं । लक्जरी विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड दिपलले कोशी प्रदेश इटहरी बजारमा आफ्नो नयाँ ‘स्टेट अफ आर्ट’ शोरुम उद्घाटन गरेको छ । यस अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक अफर सहित ४ दिने विशेष टेस्ट ड्राइभ र एक्स्चेन्ज कार्यक्रम पनि सुरु भएको छ ।

इटहरी उद्योग वाणिज्य संघ अध्यक्ष जीवन पराजुली, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीका डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रूपमा अत्याधुनिक शोरुमको रिबन काटेर उद्घाटन गरेका हुन् । शोरुम उद्घाटनसँगै सर्ब मोटर्सले २० देखि २३ भदौसम्म चल्ने टेस्ट ड्राइभ र एक्स्चेन्ज कार्यक्रमको औपचारिक सुरुवात गरेको छ ।

कार्यक्रममा दिपलका सम्पूर्ण अत्याधुनिक ईभी लाइनअप टेस्ट ड्राइभका लागि उपलब्ध छन् । दिपल एस०७ आईसीए, आकर्षक सेडान एल०७, विश्वको पहिलो ट्रान्स्फर्मर एसयूभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ जस्ता मोडेलको अनुभव गर्न सकिने छ ।

साथै, केही साताअघि मात्र सार्वजनिक भई अटोबजारमा चर्चा कमाइरहेको नयाँ दिपल एस०५ को पनि विशेष टेस्ट ड्राइभको व्यवस्था गरिएको छ ।

हालै सम्पन्न नाडा अटो शोमा ‘स्टपर’ का रूपमा परिचित दिपल एस०५ ले आफ्नो लक्जरी, स्टाइल र प्राविधिक विशेषताका कारण छोटो समयमै नेपाली अटोबजारमा सफलता हासिल गरेको छ ।

एक्स्चेन्ज कार्यक्रम अन्तर्गत ग्राहकले आफ्ना पुराना गाडीको उत्कृष्ट मूल्यांकन चार वटा रिकन्डिसन हाउसबाट पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र बीमाका साथै निःशुल्क ट्राभल चार्जर पनि प्राप्त गर्नेछन् ।

यस कार्यक्रमको थप आकर्षणका रूपमा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिएको छ । यसले चाङ्गानको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र अटोमेसनमा रहेको अग्रगामी सोचको प्रत्यक्ष अनुभव प्रदान गर्ने छ ।

शुक्रबार इटहरीमा सार्वजनिक गरिएको दिपल एस०५ लक्जरी, स्टाइल र टेक्नोलोजीका कारण नेपाली बजारमा छोटो समयमै चर्चित बनेको मोडेल हो । यसमा विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ जडान गरिएको छ, जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लामो लाइफस्प्यान छ ।

यो ब्याट्री केवल १५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन सक्छ र माइनस २० डिग्री सेल्सियस तापक्रममा पनि १५ प्रतिशतभन्दा कम रेन्ज गुमाउँछ । दिपल एस०५ मा ६ किलोवाटको ‘भीटुएल’ प्रविधि पनि छ, जसले गर्दा गाडीबाट बाहिरी उपकरणहरूमा पावर सप्लाइ गर्न सकिन्छ ।

यात्रालाई थप आरामदायी बनाउन एस०५ मा दुवै फ्रन्ट सिटमा वेलकमिङ भेन्टिलेटेड र हिटेड सुविधा छन् । साथै, क्विन कोपाइलट सिटमा जिरो ग्राभिटी, लेग सपोर्ट र वन टच न्याप मोडजस्ता विशेषता उपलब्ध छन् ।

नयाँ दिपल एस०५ मा सेग्मेन्ट–एक्स्क्लुसिभ रिमोट इन एन्ड आउट पार्किङ सुविधा पनि छ। यसको मद्दतले चालकले साँचो प्रयोग गरी गाडीलाई सजिलैसँग अगाडि र पछाडि सार्न सक्छन्, जसले साँगुरो ठाउँमा पार्किङ गर्न निकै सहज बनाउँछ ।

प्रविधिगत रूपमा अग्रणी मानिएको दिपल एस०५ मा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ समावेश गरिएको छ । यसले लाइभ नेभिगेसनका साथै गाडी चलाउँदाका अत्यावश्यक जानकारी सिधै विन्डसिल्डमा देखाउँछ । १४.४ इन्चको सनफ्लावर टचस्क्रिन रहेको दिपल एस०५ मा इन्टरनेट कनेक्टिभिटी पनि उपलब्ध छ, जसका माध्यमबाट स्पोटिफाई, युट्युब, अमेजन म्युजिक र लाइभ नेभिगेसन जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

स्मार्टफोन मार्फत प्रयोगकर्ताले टाढैबाट एसी कन्ट्रोल, चार्जिङ सेड्युल सेट गर्ने र कारको अवस्थिति पत्ता लगाउने सुविधा पनि पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?