+
+
Shares

दिपलको विशेष टेस्ट ड्राइभ र एक्स्चेन्ज इटहरीमा शुक्रबारदेखि

२० देखि २३ भदौसम्म चल्ने यस विशेष कार्यक्रममा इटहरीका ग्राहकले दिपलका अत्याधुनिक ईभी लाइनअपको टेस्ट ड्राइभ गर्नुका साथै दिपलका मानव रोबोटहरूको प्रत्यक्ष अनुभव गर्न पाउनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिपलले प्रदेश १ को इटहरीमा नयाँ शोरुम उद्घाटन गर्दै २० देखि २३ भदौसम्म विशेष टेस्ट ड्राइभ र एक्स्चेन्ज कार्यक्रम आयोजना गर्ने भएको छ।
  • कार्यक्रममा दिपल एस०७ आईसीए, एल०७, ई०७, अवतार ११ र एस०५ मोडेलका ईभीहरूको टेस्ट ड्राइभ उपलब्ध हुनेछ।
  • ग्राहकले पुरानो गाडीको मूल्यांकन, नगद छुट, निःशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र ट्राभल चार्जर पाउनेछन् भने ह्युमनोइड र रोबोट कुकुरहरूको प्रदर्शनी पनि हुनेछ।

काठमाडौं । नेपालको अग्रणी लक्जरी ईभी ब्रान्ड दिपलले प्रदेश १ को सहर इटहरीमा आफ्नो नयाँ शोरुम उद्घाटनका अवसरमा शुक्रबारदेखि चार दिनसम्म विशेष टेस्ट ड्राइभ र एक्स्चेन्ज कार्यक्रम आयोजना गर्ने भएको छ ।

एमएडब्लू वृद्धिले आफ्नो इटहरीस्थित डिलर सर्ब मोटर्ससँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

२० देखि २३ भदौसम्म चल्ने यस विशेष कार्यक्रममा इटहरीका ग्राहकले दिपलका अत्याधुनिक ईभी लाइनअपको टेस्ट ड्राइभ गर्नुका साथै दिपलका मानव रोबोटहरूको प्रत्यक्ष अनुभव गर्न पाउनेछन् ।

कार्यक्रममा टेस्ट ड्राइभका लागि दिपल एस०७ आईसीए, आकर्षक सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ उपलब्ध हुनेछन् ।

केही साताअघि सार्वजनिक भई अटोबजारमा निकै चर्चा कमाएको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्ने अवसर यस कार्यक्रममा मिल्ने छ । भर्खरै सम्पन्न नाडा अटो शोमा ‘स्टपर’ का रूपमा परिचित दिपल एस०५ आफ्नो लक्जरी, स्टाइल र प्राविधिक विशेषताका कारण छोटो समयमै नेपाली अटोबजारमा सफल सावित भएको कम्पनीले जनाएको छ ।

यो एक्स्चेन्ज कार्यक्रममा सहभागी ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन प्राप्त गर्न सक्नेछन् । यसका साथै केही निश्चित दिपल मोडेलहरूको खरिदमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निःशुल्क ट्राभल चार्जर पनि उपलब्ध गराइने छ ।

दिपलको यो कार्यक्रमको अर्को प्रमुख आकर्षण अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुरहरूको प्रदर्शनी हुनेछ । यी रोबोटहरूले चांगान कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनमा रहेको अग्रगामी सोचको प्रत्यक्ष अनुभव प्रदान गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?