+
+
Shares

किसान पीडित भए, नेपालमै अर्ग्यानिक मल उत्पादन गरौं : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १९:२०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर मल अभावले कृषकहरू अत्यन्तै पीडित भएको भन्दै नेपालमै अर्ग्यानिक मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्।
  • देउवाले रासायनिक मल अत्यन्तै महँगो हुने र भारतले समेत बाहिरबाट आयात गर्नुपर्ने भएकाले पर्याप्त मल आपूर्ति गर्न नसकिएको बताए।
  • उनले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न अर्ग्यानिक खेतीतर्फ लाग्न सबैलाई आग्रह गरे।

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर मल अभावले कृषकहरू अत्यन्तै पीडित भएको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि नेपालमै अर्ग्यानिक मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले रासायनिक मल अत्यन्तै महँगो हुने तथा भारतले समेत बाहिरबाट आयात गर्नुपर्ने भएकोले पर्याप्त मल आपूर्ति गर्न नसकिएको बताए ।

‘भारतले त विदेशबाट मगाउँछ मल हाम्रो देशमा कहाँबाट हुने ? भारतबाट मल किन्नुपर्छ हामीले । हामीसँग मल छैन । यो धेरै महँगो पनि हुन्छ समयमा पाउँदैन पनि,’ उनले भने, ‘सारा किसान दाजुभाइहरू मल नपाएर दुखित छन् ।’

उनले थपे, ‘त्यसकारण हामीले मलको पनि व्यवस्था गर्न सकेका छैनौं । यसको समाधानका लागि नेपालमै अर्ग्यानिक मल उत्पादन गर्नुपर्ने आवश्यकता छ । कृषि उत्पादन पनि अर्ग्यानिक गर्न सक्यौं भने हामी सबैको फाइदा हुन्छ र हामी आत्मनिर्भर हुनसक्छौं ।’

सभापति देउवाले कृषि उपजमा आत्मनिर्भर हुनेगरी अर्ग्यानिक खेतीतर्फ लाग्न समेत सबैलाई आग्रह गरे ।

उनले जे कुरामा पनि विदेशकै भर पर्दा भविष्यमा समस्या आउनसक्ने उल्लेख गर्दै कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरको बाटोतर्फ अघि बढ्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?