
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन्।
- उनले कर्मचारीलाई देश, राष्ट्र, विधानअनुसार काम गर्न निर्देशन दिए र सरकारी सेवाहरू चुस्त बनाउन क्रियाशील हुनुपर्ने बताए।
१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्न नपाइने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताएका हुन् ।
‘कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन । देश, राष्ट्र, संविधान अनुसार देशको काम गर्ने हो । कुनै पार्टीका लागि काम गर्ने होइन’ उनले भने, ‘चुनावमा कसलाई भोट दिने कसलाई नदिने उसको कुरा हो त्यो तर पार्टीको आदेश मान्ने होइन ।’
सभापति देउवाले देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।
उनले भने, ‘संसद्मा सबैभन्दा ठूलो पार्टी हाम्रो छ त्यसकारण हामीले तपाईंहरूका कुराहरू लागु गर्न सक्छौं । हामी अरू पार्टीलाई पनि सहभागी गराउन सक्छौं । कर्मचारीको हक हित हेर्ने हो ।’
सभापति देउवाले सरकारी सेवाहरू चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताए ।
२१औं शताब्दीको आकांक्षाअनुरूप जनतालाई छिटो, छरितो सेवा दिनुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया 4