+
+
WC Series
पोखरा एभेन्जर्स 2025
43/2 (6.3)
VS
८१ बलमा १२३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

राज्य व्यवस्था समिति सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १०:०९

१० भदौ, काठमाडौं । राज्य व्यवस्था समितिको सभापतिबारे निर्णय लिन नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आज बिहान ११ बजे आफ्नो निवासमा बैठक बोलाएका हुन् ।

बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ ।

राज्य व्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ । तत्कालीन सभापति एवम् नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?