+
+
Shares

देउवाको प्रश्न- जनताले मलाई भोट हाल्छन् त के गर्ने मैले ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १७:२६

४ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताए ।

‘धेरै पार्टीका नेताहरू मेरो खिलाफमा लाग्नुभयो, मलाई डडेलधुराबाट हार्छ भनेका थिए, तै पनि जित्छु । जनता सबैभन्दा ठूलो कुरा हो । जनतालाई त्यही कारण सार्वभौम सम्पन्न भनेका छौँ । जनता देशको मालिक हो । जनता भन्दा ठूलो कोही छैन । सबै साथीहरुले जनताको सेवा गरौं’, उनले भने ।

आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लडेको र सबै निर्वाचन जितेको बताए । धेरै राजनीतिक दलका नेताहरू आफूलाई हराउन लागेको भएपनि सफल नभएको उनको भनाइ थियो ।

‘यहाँ धेरै साथीहरूले कुरा उठाउनुभएको छ । आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने । कति प्रधानमन्त्री भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ?,’ देउवाले भने, ‘पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो । त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो । अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो । सौभाग्यले कहिले पनि हारेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?