+
+
Shares

ओली–देउवालाई गगनको सुझाव- बाहिरबाट ढुंगा हानेका छन्, गाडी दुर्घटनामा नपरोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १४:३२

५ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको गाडी हाँकिरहेका शीर्ष नेताहरूलाई दुर्घटनामा नपर्न सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन् ।

आफूहरू एउटै गाडीमा सवार भएको भन्दै उनले ड्राइभिङ सिटमा दुई नेताहरू (प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा) रहेको बताए । उनीहरूले यो गाडी ठिक गतिमा चलाउन पनि आग्रह गरे ।

‘हामी एउटै गाडीमा सवार छौं, तर ड्राइभिङ सिटमा दुई जना नेताहरू हुनुहुन्छ । अहिलेको र हुनेवाला प्रधानमन्त्रीले यो गाडी  चलाइरहनुभएको छ । यो गाडी ठिक गतीमा जाओस् । अलमल नहोस्, ढलमल नहोस् । दुर्घटना नहोस्,’ उनले भने ।

साथै, उनले बाहिरबाट ढुंगा हानेको र हिलो छ्यापेको भन्दै त्यसलाई आफूहरूले रोक्ने तर स्टेरिङ समाएका नेताहरूले ठिक काम गर्नपर्ने बताए ।

‘बाहिरबाट ढुंगा हानेका छन्, हिलो छ्यापेका छन् । त्यसलाई हामी रोक्छौं । तर, स्टेरिङ चलाउने त ठिक ढंगले चलाउनुपर्‍यो । कहिलेकाहीँ घ्याच्च रोकिदिएको छ, कहिले भिरतिर उक्लिएको छ । म सँग गाडीको स्टेरिङ छ भनेर जता पनि हिँडिदिएको छ,’ थापाले असन्तुष्टि राखे ।

उनले केहीदिन अघि प्रधानमन्त्री ओलीले युवाको बेला भएको तर कोही तयार नभएको अभिव्यक्ति दिएकोप्रति पनि आपत्ति जनाए ।

‘केही दिनअघि प्रधानमन्त्रीले एक ठाउँमा भन्नुभएछ, युवाको बेला हो । कतिले भन्लान् मैले किन छाडिनँ । तर, म त भन्न चाहन्छु, तर युवै छैनन् नेकपा एमालेभित्रको युवाबारे मैले चर्चा गर्ने कुरा सुहाउँदैन,’ महामन्त्री थापाले भने, ‘हाम्रोमा त छौं, हामीले चलाउने भनेर तयार पनि भएको । पाइएन, सकिएन, भ्याइएन । खेलको नियम त मान्नुपर्‍यो ।’

दुई शीर्ष नेताहरू नबरालिकन काम गर्ने हो भने अझै समय र अवसर भएको भन्दै त्यसको प्रयोग गर्न उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?