+

एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सको विजयी सुरुवात

२०८२ भदौ  २० गते १९:२१ २०८२ भदौ २० गते १९:२१
एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सको विजयी सुरुवात

२० भदौ, पोखरा । साविक उपविजेता ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालमा हातामा रहेको मल्टिप्रपोज कभर्डहलमा शुक्रबार भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३-० को सेटमा पराजित गर्दै सुरुवाती ३ अंक जोडेको हो ।

पहिलो सेटको सुरुमा केही प्रतिस्पर्धात्मक बनेपछि ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दे पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै मधेशमामाथि दबाब बनाएको थियो ।

यस्तै दोस्रो सेट २५-१३ ले सहजै आफ्नो पारेको ललितपुरले तेस्रो २५-१९ ले आफ्नो पक्षमा पारेको हो ।

आजै भएको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविसले पोखरा निन्जाजलाई सोझो सेटमा हराउदै विजयी सुरुवात गरेको छ ।

एभरेष्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय