+

साफ यू-१७ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा

२०८२ भदौ  २१ गते २१:४० २०८२ भदौ २१ गते २१:४०
साफ यू-१७ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू-१७ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।
  • नेपालले सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिपमा सहभागिता जनाउनेछ।
  • नेपालले समूह ए मा सेप्टेम्बर १५ मा श्रीलंकासँग पहिलो खेल खेल्नेछ र सेप्टेम्बर १८ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

२१ भदौ, काठमाडौं । साफ यू-१७ च्याम्पयनसिपका लागि नेपालको २३ सदस्यीय अन्तिम टोली  घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक संजीत सिंहले शनिबार टोली सार्वजनिक गरेका हुन्।

नेपालले आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिपमा सहभागिता जनाउनेछ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले पहिलो खेलमा सेप्टेम्बर १५ मै श्रीलंकासँग खेल्नेछ ।

त्यस्तै नेपालले सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ । सेप्टेम्बर २५ मा सेमिफाइनलहरू तथा सेप्टेम्बरमा २७ मा फाइनल हुनेछ ।

प्रतियोगिताको समूह बी मा भारत, माल्दिभ्स, पाकिस्तान र भूटान छन्।

टोली:

गोलकिपर: पेम्बा नुर्बु भोटे, राम बोहरा, बिशेष बानियाँ

डिफेन्डर: प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन kami, अन्मोल कार्की, मौसम रोकाया, अन्ज खड्का

मिडफिल्डर: प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिष थापा मगर, भुपेश लामा, नासिब हेन्जन, सुषान मगर, सुजन स्याङ्तान

फरवार्ड: समिर कुमार, दिग बिजय शाही, निस कुमार श्रेष्ठ, रोहित श्रेष्ठ

साफ यू-१७ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय