+

इन्डो–नेपाल कराते प्रतियोगितामा समृद्धि टिम च्याम्पियन

२०८२ भदौ  २१ गते २१:४५ २०८२ भदौ २१ गते २१:४५
इन्डो–नेपाल कराते प्रतियोगितामा समृद्धि टिम च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समृद्धि स्कुल इन्डो–नेपाल कराते प्रतियोगितामा समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको छ।
  • प्रतियोगितामा भारतले १० स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको प्रतियोगिता संयोजक रवि शाहीले बताए।
  • कुमुते पुरुषमा सविर श्रेष्ठ डंगोल र महिलामा सपना गिरी उत्कृष्ट खेलाडी घोषित भएका छन्।

२१ भदौ, काठमाडौं । नेपालको समृद्धि स्कुल इन्डो–नेपाल कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजक समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो ।

बनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगितामा भारत १० स्वर्णसाथ दोश्रो भएको प्रतियोगिता संयोजक रवि शाहीले जनाएका छन् ।

कुमुतेको पुरुषमा समृद्धिका सविर श्रेष्ठ डंगोल तथा महिलामा मनमैजुकी सपना गिरी उत्कृष्ट खेलाडी घोषित भए । कातामा बेदाङ्गकी अन्भी शाही उत्कृष्ट खेलाडी चुनिइन् ।

अन्भीले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् । प्रशिक्षकमा बेदाङ्गका डम्बरबहादुर आले तथा निर्णायकमा सुवास कार्की उत्कृष्ट ठहरिए ।

विजेतालाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताअन्तर्गत काता र कुमुतेमा गरी ४५ स्पर्धामा २ सय ८३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

इन्डो नेपाल कराते

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय