+
+
Shares

 रुपन्देही-३ मा कांग्रेसबाट पूर्वगर्भनर चिरञ्जीवी नेपाल उम्मेदवारको आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १३:१९

२२ भदौ, काठमाडौं । पूर्व गर्भनर चिरञ्जीवी नेपाल रुपन्देही–३ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारको आकांक्षी देखिएका छन् । १७ कात्तिकमा रुपन्देही-३ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सहित सात जना आकांक्षी देखिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलका पूर्व आर्थिक सल्लाहकार समेत रहेका नेपालले रुपन्देही–३ क्षेत्रका मतदाताले उम्मेदवार हुन आग्रह गरेको सुनाए ।

पाल्पा जन्मस्थान रहेका नेपालको रुपन्देही-३ का पनि बासिन्दा हुन् । पञ्चायतकालमा नेपालले यसै क्षेत्रमा कांग्रेसबाट राजनीति समेत गरेका थिए । आकांक्षी नेपालले भने,‘मेरो घर रुपन्देही-३ मै छ । त्यहाँ पञ्चायतकाल देखि नै राजनीति गरेको हुँ ।’

कांग्रेसबाट अन्य आकांक्षीहरुमा रामचन्द्र ढकाल, सुशिल गुरुङ, रमेश खनाल, प्रमोद यादव, भरत शाह छन् । ढकाल रुपन्देहीका पूर्व सभापति हुन् भने गुरुङ निर्वाचन हुने क्षेत्रका सभापति हुन् । खनाल लुम्बिनी प्रदेश समितिमा छन् ।

आकांक्षी यादव गत निर्वाचनमा रुपन्देही-४ र शाहले रुपन्देही-५ मा प्रतिनिधिसभामा पराजित भएका थिए । पूर्व गृहमन्त्री बालकृष्ण खाँण कांग्रेसबाट गत निर्वाचनमा यस क्षेत्रमा पराजित भएका थिए । यसपटक कांग्रेसले नयाँ विधि बनाएर उम्मेदवारलाई टिकट दिने भएको छ ।

आकांक्षी उम्मेदवारहरूका बारेमा क्षेत्रका मतदाताको धारणा अनौपचारिक रुपमा बुझेर टिकट वितरण गर्ने तयारी गरिएको छ ।

पार्टी केन्द्रबाट नेताहरु खटाएर अनौपचारिकरूपमा फरक फरक क्षेत्रमा आवद्ध व्यक्तिहरुको समेत धारणा सुनेर उम्मदेवार तय गर्ने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?