+
+
Shares

‘जेनजी’ आन्दोलनमा सहभागी हुने दुर्गा प्रसाईंको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी युवाहरुले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन्।
  • प्रसाईंमाथि गत चैत १५ मा काठमाडौंमा अराजकता मच्चाएको मुद्दा चलिरहेको छ।
  • प्रसाईंले फेसबुकमा भने- देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैं सरिक हुनेछु गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस्।

२१ भदौं, काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले ‘जेनजी’ युवाहरूले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् ।

राजतन्त्र ल्याउने भन्दै गत वर्ष चैत १५ मा काठमाडौंमा अराजकता मच्चाएका प्रसाइँको अहिले पनि मुद्दा चलिरहेको छ ।

धरौटीमा रिहा भएका प्रसाईं अहिले युवाहरुले सामाजिक सञ्जाल बन्द लगायत विरोधमा गर्न लागेको आन्दोलनमा मिसिने घोषणा गरेका हुन् । ‘देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैं सरिक हुनेछु गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस्,’ प्रसाईंले भनेका छन् ।

उनले फेसबुकमा गरेको पोस्टमा धेरैले कमेन्ट गर्दै उक्त आन्दोलनमा सहभागी नहुन आग्रह गरेका छन् ।

जेनजी समूहले भोलि सोमबार प्रदर्शनको तयारी गर्दै सोसल मिडिया क्याम्पेन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?