
२२ भदौ, काठमाडौं । आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिन थालेका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी विधान महाधिवेशनको अन्तिम दिन अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिन थालेका हुन् ।
विभिन्न समूहको छलफलका क्रममा नेताहरुले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको बताउनुभएको एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताएका छन् ।
अध्यक्ष ओलीको उक्त प्रतिवेदनसहित अन्य प्रतिवेदन पनि विधान महाधिवेशनमा प्रस्तुत गरिएको थियो ।
जसमा १० वटा विभिन्न समूह बनाएर छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4