+
+
Shares

गायक मुकेश प्रधानको नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक

देशको अहिलेको वैदेशिक रोजगारीको विषय र त्यसले नेपाली समाजमा पारेको गहिरो प्रभावलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १७:५८

काठमाडौं । गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन् ।

प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द, संगीत रहेको गीतलाई फोसिलले म्युजिक डिरेक्सन गरेका छन् ।

देशको अहिलेको वैदेशिक रोजगारीको विषय र त्यसले नेपाली समाजमा पारेको गहिरो प्रभावलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ ।

भिडियोमा नायक बवशाल पहारी, बिन्दा खतिवडा, जीवन बस्नेत र किरण शाहीको अभिनय रहेको छ । भविन गुरुङको छायांकन र रञ्‍जित श्रेष्ठको सम्पादन रहेको भिडियोलाई आरओबीले निर्देशन गरेका छन् ।

गीतको भिडियोलाई गायक मुकेश प्रधानको अफिसियल च्यानल (इन्साइड मुकेश) बाट सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?