+

एसियाडबारे खेलकुदमन्त्री र एनओसी तदर्थ समितिबीच छलफल

२०८२ भदौ  २२ गते २०:२५ २०८२ भदौ २२ गते २०:२५
एसियाडबारे खेलकुदमन्त्री र एनओसी तदर्थ समितिबीच छलफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई नेपाल ओलम्पिक कमिटी तदर्थ समितिका पदाअधिकारीहरुले गतिबिधि जानकारी गराएका छन्।
  • मन्त्री चौधरीले एसियाली खेलकुद २०२६ मा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न खेलाडी संख्या समयमै पठाउन निर्देशन दिएका छन्।
  • ओलम्पिक कमिटीको पत्राचार अनुसार अबैध कब्जा सवारी साधन फिर्ता गर्न परिषद् र मन्त्रालयका कर्मचारीलाई कडा निर्देशन दिइएको छ।

२२ भदौ, काठमाडौं । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष तेजुलाल चौधरीलाई नेपाल ओलम्पिक कमिटी तदर्थ समितिको पदाअधिकारीहरुले पछिल्लो गतिबिधिका बारे जानकारी गराइएको छ ।

आगामी वर्ष जापानमा हुने एसियाली खेलकुद २०२६ मा नेपालको प्रतिनिधित्वलाई सुनिश्चित बनाउन र सो प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्यालाई समय सिमा भित्रै आयोजकलाई पठाउन मन्त्री चौधरीले ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन् ।

त्यसैगरी ओलम्पिक कमिटीको कार्यसमितिबाट निर्णय भई परिषद् र मन्त्रालयमा पत्राचार भएका विषय यथाशक्य कार्यान्वयनका लागि परिषद् र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

ओलम्पिक कमिटीबाट पत्राचारमा भएका अबैध रुपमा कब्जा गरिएका सवारी साधन लगायत अन्य चल अचल सम्पत्ति फिर्ता गर्न पनि कडा रुपमा निर्देशन भएको जनाइएको छ ।

उक्त छलफलमा तदर्थ समितिका ९ सदस्य टोली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख सह–सचिव रामचरित्र मेहताको समेत उपस्थिति थियो ।

नेपाल ओलम्पिक कमिटीका गतिविधिलाई कानुन बमोजिम सक्रिय बनाउन राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले खेल्नुपर्ने भूमिकाबारे समेत छलफल भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

एनओसी तदर्थ समिति एसियाड खेलकुदमन्त्री तेजुलाल चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय