+
+
Shares

बजारमा मूल्यवृद्धि नभएको वाणिज्य विभागको दाबी, चाडपर्व लक्षित अनुगमन र कारबाही तीव्र पारिने

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले बजारमा हाल खाद्यवस्तुको आपूर्ति नियमित रहेको र मूल्यमा कुनै वृद्धि नभएको दाबी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नभएको दाबी गरेको छ।
  • महानिर्देशक रोशन ज्ञवालीले चाडपर्वमा खाद्यवस्तुको आपूर्ति नियमित रहेको र कुनै मूल्यवृद्धि नभएको बताएका छन्।
  • विभागले दुई महिनामा ६५० भन्दा बढी उद्योग अनुगमन गरी ८० लाख ६५ हजार रुपैयाँ जरिवाना असुल गरेको छ।

२२ भदौ, काठमाडौं । सरकारले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नभएको दाबी गरेको छ ।

आइतबार पत्रकार सम्मेलन मार्फत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले बजारमा हाल खाद्यवस्तुको आपूर्ति नियमित रहेको र मूल्यमा कुनै वृद्धि नभएको दाबी गरेका हुन् ।

आपूर्ति व्यवस्थापन चुस्तदुरुस्त राख्न मन्त्रालयले नेपाल खुद्रा किराना व्यापारी संघ र खाद्य किराना व्यवसायी संघ, अन्डा तथा लेयर्स उत्पादक संघ, नेपाल बोटल वाटर उद्योग संघ लगायत फ्रतिनिधिसँग अन्तर्क्रिया गरिसकेको र सोही अन्तर्त्रियाका क्रममा उद्योगी–व्यवसायीले बजारमा मूल्यवृद्धि नभएको जानकारी गराएको उनले बताए ।

‘छलफल क्रममा संघहरूले हाल खाद्यवस्तुको आपूर्ति नियमित रहेको, मूल्यमा कुनै वृद्धि नभएको बताएका छन्,’ उनले भने, ‘चाडपर्वमा समेत आपूर्तिमा समस्या नपर्ने उनीहरूले आश्वासन दिएका छन् ।’

महानिर्देशक ज्ञवालीले आसन्न चाडपर्व लक्षित गर्दै सरकारले बजारमा उपभोग्य वस्तु सहज आपूर्ति सुनिश्चित गर्न र अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न तीव्र तयारी थालेको पनि बताए ।

उनले चाडपर्वमा कुनै पनि वस्तु अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सरोकारवाला निकायहरूसँग छलफल गरिएको जानकारी दिए ।

चाडपर्वमा उपभोक्ताले समस्या भोग्नु नपर्ने उनको दाबी छ । उनका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ लाई अझ प्रभावकारी बनाउन कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ ।

महानिर्देशक ज्ञवालीले आसन्न चाडपर्व लक्षित गर्दै सरकारले बजारमा उपभोग्य वस्तु सहज आपूर्ति सुनिश्चित गर्न र अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न तीव्र तयारी थालेको पनि बताए ।

निर्णय अनुसार चाडपर्व नजिकिँदै गर्दा बजारमा हुन सक्ने मूल्यवृद्धि, ठगी र अन्य अनियमितता नियन्त्रण गर्न तीव्र अनुगमन गरिने भएको छ ।

हालै सम्पन्न परिषद्को पाँचौं बैठकले बजारका तह निर्धारण गर्ने, वस्तु तथा सेवाको मूल्यको मापदण्ड तय गर्ने र उपभोक्तामुखी नीतिगत सुधारका लागि विभिन्न समिति गठन गर्नेजस्ता महत्त्वपूर्ण निर्णय गरेको छ ।

प्रदेश र स्थानीय तहमा पहिले नै गठन भइसकेका बजार अनुगमन तथा उपझोक्ता समितिलाई सत्रिय बनाउन पत्राचार गर्ने, शैक्षिक संस्थामा देखिएका कमजोरी र अनियमितताका विषयमा शिक्षा मन्त्रालयलाई जानकारी गराउने निर्णय पनि बैठकले गरेको छ ।

यसका साथै बिल–बिजक प्रणाली अनिवार्य र व्यवस्थित बनाउन डिजिटल क्यास रजिस्टर व्यवस्था मिलाउन अर्थ मन्त्रालयसँग अनुरोध गरिने भएको छ ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य सुरक्षा प्राथमिकतामा राख्दै खाद्यवस्तुमा हुने मिसावट नियन्त्रण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई विशेष निर्देशन दिइएको छ ।

चाडपर्वमा यात्रु आवागमन सहज र सुरक्षित होस् भन्ने सुनिश्चित गर्न सार्वजनिक यातायात सुरक्षित र सुलभ बनाउने गरी आवश्यक कदम चाल्ने निर्णय पनि गरिएको छ ।

उपभोक्तालाई आफ्नो हक अधिकारबारे सचेत गराउन संघ, प्रदेश तथा स्थानीय तहमार्फत विभिन्न उपझोक्ता सचेतना कार्यत्रम सञ्चालन गरिने छ ।

त्यसैगरी अनुगमन समितिको हालै बसेको बैठकले बजारमा नियमित तथा आकस्मिक अनुगमन निरन्तरता दिने, उपभोक्ता शिक्षा अभियान थप प्रभावकारी बनाउने र विशेषगरी चाडपर्व लक्षित अनुगमन उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

यी निर्णयले बजारमा सुशासन कायम राख्दै उपभोक्तालाई ठगी र अनियमितताबाट जोगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

दुई महिनामा ८० लाख ६५ हजार जरिबाना

विभागले पछिल्ला दुई महिनामा ६ सय ५० भन्दा बढी उद्योग तथा फर्म अनुगमन गरेको पनि जानकारी दिएको छ ।

विभागका अनुसार गत साउनदेखि २० भदौसम्म अवधिमा गरिएको अनुगमन क्रममा कैफियत भेटिएका १ सय २६ उद्योग तथा फर्मलाई कारबाही गरिएको छ । कारबाही बापत विभागले कुल ८० लाख ६५ हजार १ सय रुपैयाँ जरिबाना असुल गरेको छ ।

यस अवधिमा अनुगमनमा परेका २ सय २० उद्योग तथा फर्मलाई आवश्यक कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै ३ सय ४ वटा व्यवसायलाई सामान्य निर्देशन दिँदै नियम कानुन पालना गर्न सचेत गराइएको विभागले जानकारी दिएको छ ।

बजारमा सुशासन कायम राख्न र उपभोक्ता हकहित संरक्षण गर्न अनुगमन अभियानलाई अझ सशक्त बनाउँदै लगिने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?