News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्याण्डले दक्षिण अफ्रिकासँगको तेस्रो एकदिवसीय क्रिकेटमा ३४२ रनको कीर्तिमानी अन्तरको जित हासिल गरेको छ।
- दक्षिण अफ्रिका २०.५ ओभरमै ७२ रनमा अलआउट भयो।
- जोफ्रा आर्चरले ४ विकेट लिए भने आदिल रशिदले ३ विकेट लिए।
२२ भदौ, काठमाडौं । इंग्ल्याण्डले दक्षिण अफ्रिकासँगको तेस्रो एकदिवसीयमा कीर्तिमानी जित हासिल गरेको छ ।
आइतबार भएको खेलमा इंग्ल्याण्ड ३४२ रनको विशाल अन्तरले विजयी भएको हो, जुन एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो अन्तरको जित हो ।
४१५ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०.५ ओभरमै ७२ रनमा अलआउट भयो । जोफ्रा आर्चरले ९ ओभरमा १८ रन दिँदै ४ विकेट लिए भने आदिल रशिदले ३.५ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । ब्राइडन कार्सले पनि २ विकेट हात पारे ।
पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर ४१४ रनको विशाल योगफल तयार गरेको थियो । इंग्ल्याण्डका लागि ज्याकब बेथलले ११० रन, जो रुटले १०० रन, जेमी स्मिथले ६२ रन बनाए भने जोस बटलरले ६२ रन नटआउटको विस्फोटक इनिङ खेले ।
लगातार दुई खेल जितेर सिरिज यसअघि नै दक्षिण अफ्रिकाले जितेको भएपनि अन्तिम खेलमा इंगल्याण्डले शानदार प्रदर्शन गरेको हो ।
प्रतिक्रिया 4