
News Summary
Generated by OK AI. Editorially reviewed.- रिभर फल्स पावरले १ बराबर १ को अनुपातमा ७० लाख कित्ता हकप्रद सेयर खुलाएको छ।
- कम्पनीले हकप्रद सेयरबाट जुटेको ७० करोड रुपैयाँ कुमारी बैंकको ऋण तिर्न परिचालन गर्ने बताएको छ।
- हकप्रद सेयरमा आवेदन असोज १२ गतेसम्म दिन सकिने र बिक्री प्रवन्धक प्रभु क्यापिटल रहेको छ।
२३ भदौ, काठमाडौं । रिभर फल्स पावरले १ बराबर १ को अनुपातमा हकप्रद सेयर खुलाएको छ ।
कम्पनीले ७० लाख कित्ता हकप्रद सेयरमा आजदेखि आवेदन खुलाएको हो । साउन २५ गतेसम्म कायम सेयरधनीले यसमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयरबाट जुटेको ७० करोड रुपैयाँ कुमारी बैंकको ऋण तिर्न परिचालन गरिने कम्पनीले स्पष्ट पारेको छ । बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । गत आर्थिक वर्ष कम्पनीले जम्मा १० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
वार्षिक प्रतिसेयर आम्दानी ०.१५ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ३५६ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4