+

एभरेष्ट महिला भलिबल लिग : आज दुई प्रतीक्षित खेल हुँदै

२०८२ भदौ  २३ गते १०:१० २०८२ भदौ २३ गते १०:१०
एभरेष्ट महिला भलिबल लिग : आज दुई प्रतीक्षित खेल हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वात्सल्या एभरेष्ट महिला भलिबल लिग अन्तर्गत पोखरामा कर्णाली यशविस, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स र लुम्बिनी लाभाजबीच खेल हुँदैछ।
  • साविक विजेता कर्णाली र उपविजेता ललितपुरले दुई जितसहित फाइनल दाबेदारी पेश गरिसकेका छन्।
  • ललितपुर र कर्णालीले समान ६ अंक जोडेको छन् भने काठमाडौंको ३ र लुम्बिनीको २ अंक छ।

२३ भदौ, पोखरा । वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) अन्तर्गत आज पनि दुई खेल हुँदैछ ।

पोखरामा भइरहेको लिगको दोस्रो संस्करणको चौथो दिन आज कर्णाली यशविस र काठमाडौं स्पाइकर्स तथा ललितपुर क्विन्स र लुम्बिनी लाभाजबीच खेल हुँदैछ ।

आजको खेल चारै टोलीका लागि महत्वपूर्ण हुनेछ । किनभने चारै टोलीले आफ्नो पछिल्लो खेलमा जित हात पारेका थिए । त्यसैले यी चार टोली त्यो विजय यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

साविक विजेता कर्णाली र साविक उपविजेता ललितपुरले सुरुवाती दुई खेल जित्दै फाइनल पुग्नका लागि आफ्नो दाबेदारी पेश गरिसकेको छ । यस्तै पहिलो खेलमा पराजित भएपछि दोस्रो खेलमा जित हात पारेका काठमाडौं र लुम्बिनी लाभाज पनि त्यो लयलाई निरन्तरता दिने योजनामा छ ।

कर्णालीले पहिलो खेलमा पोखरा निन्जाज र दोस्रो खेलमा लुम्बिनी लाभाजलाई हराएको थियो । पोखरालाई सोझो सेटमा हराएको कर्णालीले दोस्रो खेलमा लुम्बिनी विरुद्ध पहिलो सेट गुमाएपनि पुनरागमन गर्दै जित हात पारेको थियो ।

यस्तै काठमाडौं स्पाइकर्स पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा मधेश युनाइटेडलाई हराएको थियो ।

यसैगरी ललितपुरले पहिलो खेलमा मधेश युनाइटेडलाई पराजित गरेको थियो भने दोस्रो खेलमा काठमाडौंलाई पराजित गरेको थियो । उता लुम्बिनी लाभा पहिलो खेलमा साविक विजेता कर्णालीसँग पराजित भएको थियो भने पाँच सेटसम्म पुगेको खेलमा पोखरालाई ३-२ ले पराजित गर्दै पहिलो जित हात पारेको थियो ।

अहिलेसम्म ललितपुर र कर्णालीले लगातार दुई जितबाट समान ६ अंक जोडेको छ । काठमाडौँको ३ र लुम्बिनीको २ अंक छ । यस्तै तीन खेल खेलिसकेको मधेश युनाइटेडको २ र पोखरा निन्नजाको १ अंक मात्र छ ।

एभरेष्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय