+
+
Shares

गोली लागेर एक जनाको मृत्यु भएपछि बानेश्वर क्षेत्र थप तनावग्रस्त

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १४:०२

२३ भदौ, काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ ।

सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ ।

कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् ।

संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ ।

प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् ।

भागदौडमा कतिपय घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?