+
+
Shares

सिभिल अस्पतालको अपिलः घाइतेको चाप बढ्यो, अरू अस्पतालले सघाउनुहोस्  

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १५:००
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निजामती कर्मचारी अस्पतालले जेन-जी आन्दोलनका घाइतेहरूको चाप बढेकोले अन्य अस्पतालहरूलाई उपचारमा सघाउन अपिल गरेको छ।
  • अस्पतालमा करिब सय जना घाइतेहरूको उपचार भइरहेको छ र अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ।
  • प्रहरी प्रशासनले गरेको दमनमा सैयौं प्रदर्शनकारी घाइते भएका छन्।

२३ भदौ, काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले जेन-जी आन्दोलनकारी घाइतेहरूको चाप अत्यधिक बढेकोले अन्य अस्पतालहरूलाई उपचारमा सघाउन अपिल गरेको छ ।

अस्पतालका निर्देशक मोहन रेग्मीले घाइतेहरूको चाप बढेकोले अन्य अस्पतालहरूलाई बिरामी लगेर उपचारमा सघाउन अपिल गरेका हुन् ।

अस्पतालमा करिब सय जना घाइतेहरुको उपचार भइरहेको छ ।

जेन-जी आन्दोलनकारीमाथि प्रहरी प्रशासनले गरेको दमनमा परी सैयौं प्रदर्शनकारी घाइते भएका छन् । घाइते प्रदर्शनकारीहरूमध्ये अहिलेसम्म ५ जनामो मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?