+
+
Shares

जेनजी प्रदर्शन : विराटनगरमा दुई दिन विद्यालय बिदा

जेनजीको आन्दोलन उग्र बनेपछि प्याब्सन र हिसानले विद्यालय बन्दका लागि स्थानीय प्रशासनसँग पहल गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १९:०१

२३ भदौ, विराटनगर । विराटनगरमा दुई दिन विद्यालय बिदा दिने निर्णय भएको छ । जेनजी आन्दोलनका कारण मंगलबार र बुधबार विद्यालय बिदा दिने निर्णय भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, सरोकारवालाहरूको बैठकले भोलि र पर्सि विद्यालय बिदा गर्ने निर्णय भएको हो । उनका अनुसार स्कुल भोलि मात्रै बिदा हुनेछ, प्लस टु पर्सिसम्म बिदा हुनेछ ।

‘विराटनगरमा सरोकारवालाहरुले विद्यालय बन्द गर्ने निर्णय गरेको रहेछ, मलाई जानकारी आएको थियो,’ उनले भने । जेनजीको आन्दोलन उग्र बनेपछि प्याब्सन र हिसानले विद्यालय बन्दका लागि स्थानीय प्रशासनसँग पहल गरेका थिए ।

प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीका अनुसार मंगलबार र बुधबार २ दिन विराटनगरमा विद्यालय बिदा हुनेछ ।

उनका अनुसार जेनजी समूहको आन्दोलनका कारण विद्यालय बिदा गरिएको हो ।

पुरीले जेनजीको आन्दोलनका कारण विद्यालय सञ्चालन गर्ने वातावरण नभएको बताएका छन् । ‘विराटनगरमा दुई दिन विद्यालय बिदा दिने निर्णय भइसकेको छ,’ उनले भने, ‘काठमाडौं उपत्यकाका पनि निर्णय आउँदै गर्ला तर मलाई लाग्छ दुई दिनजति विद्यालय सञ्चालन गर्ने वातावरण छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?