+
+
Shares

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते २३:४८

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो जेनजीहरूले गरेको प्रदर्शनपछि आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

साथै, भोलि नै प्रमुख प्रतिपक्षी दलहरूको बैठक बोलाउने निर्णय पनि भएको छ ।

बैठकले देशभरका स्थानीय तहमा भोलि साँझ ५ बजे श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।

सोमबारको प्रदर्शनको क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्न सरकारसँग माग गर्ने, निष्पक्ष न्यायिक समिति गठन गर्ने लगायतका निर्णय माओवादी केन्द्रले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?