
२४ भदौ, बुटवल । जेनजी युवाको एक समूहले रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न वडा कार्यालयमा ताला लगाइदिएका छन् ।
नगरपालिकाको कार्यालय घोउ गर्न जान लागेका युवालाई प्रहरीले रोकेपछि उनीहरु वडा कार्यालयहरुमा पुगेर ताला लगाएका हुन् । उनीहरूले कार्यालयको मुख्य गेटमा ‘हत्यारा सरकार’ लेखिएका पोस्टर टांसेर ताला लगाउँदै हिंडेका छन् । उनीहरुले वडा नं २,४ र ५ मा ताला लगाइसकेको छन् । तालाबन्दी गर्न पुगेका एक युवाले नगरका सबै एघार वटै वडामा तालाबन्दी गर्ने बताए ।
स्थानीय तहमा अनियमितता, भ्रष्टाचार बढेको, जनताले तिरेको करको दुरुपयोग भएको, जनप्रतिनिधिले कर्मचारीले तलब खाए जस्तै विभिन्न शिर्षकमा सेवा सुविधा लिनु गलत भन्दै यसलाई रोक्न तालाबन्दी गरिएको ती युवाले बताए ।
युवाहरुले सैनामैना ५ बुद्धनगर नगरपालिका जाने सडकमा टायर बालेर प्रदर्शन समेत गरेका छन् । सामाजिक सञ्जाल बन्द, बढ्दो भ्रष्टाचार, करको दुरुपयोग लगायत मुद्दा अघि सारेर जेन जी युवा विद्यार्थी देशभर आन्दोलनमा छन् । प्रदर्शनका क्रममा हिजो प्रहरीले गोली हान्दा १९ जनाको मृत्यु र ४ सय बढी घाइते भएपछि उनीहरुमाथि आक्रोशित भएका छन् ।
रुपन्देही प्रशासनले जिल्लाभर ५ जना भन्दा बढी भेला हुन,प्रदर्शन गर्न निषेधाज्ञा जारी गरेपनि युवाहरुले सैनामैनाबाट उल्लंघन गरेका छन् ।
प्रतिक्रिया 4