+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कर्फ्यूका कारण विमानस्थल पुग्न असहज भए हवाई यात्रुले टिकट रद्द वा सार्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ११:२०
फाइल तस्वीर

२४ भदौ, काठमाडौं । उपत्यकाका तीन वटै जिल्लामा जारी भएको कर्फ्यू आदेशका कारण समयमै विमानस्थल पुग्न असहज भएमा यात्रुले टिकट रद्द वा समय सार्न पाउने भएका छन् ।

वायुसेवा कम्पनीहरूले मंगलबार सूचना जारी गर्दै यस्तो जानकारी गराएका छन् ।

यती एयरलाइन्सले आफ्नो हवाई टिकट देखाएर यात्रा गर्न यात्रुहरूलाई सूचित गरेको छ ।

कम्पनीले भनेको छ, ‘नेपाल सरकारले लागु गरेको कर्फ्यू आदेशका कारण असहज परिस्थिति सिर्जना भएकोले यती एयरलाइन्सका सम्पूर्ण यात्रु महानुभावहरूलाई परिस्थिति सहज वा अनुकूल भएमा हवाई टिकट देखाई यात्रा गरी समयमै विमानस्थल उपस्थित हुन अनुरोध गर्दछौं ।’

यात्रा गर्न कठिनाइ भएमा टिकट रद्द वा पुन: तालिकाबद्ध गर्न कम्पनीले नम्बर सार्वजनिक समेत गरेको छ ।

यात्रुले कल सेन्टर  ०१–५९७००७४ र एयरपोर्ट कार्यालय ०१–४११३२१५, ४११३२०७ मा सम्पर्क गरी टिकट रद्द गर्न सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?