+
+
Shares

एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा

जनकपुरधाम उपमहानगरपालिका-९ भरमपुरीस्थित नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ११:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन्।
  • प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा र आगजनी गरिरहेका छन्।
  • काठमाडौंमा प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा पनि ढुंगामुढा गरेका थिए।

२४ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् ।

जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् ।

यसअघि काठमाडौंमा प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा पनि ढुंगामुढा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?