+
+
Shares

सिभिल अस्पताल पुगेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले रुँदै पतिलाई गरिन् फोन

अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘उहाँले मीनभवन सडकमा आएर युवाहरूप्रति ऐक्यबद्धता जनाउनुभयो । युवाहरूको आन्दोलन र भावनामा साथ दिने उद्देश्यले सडकमा आउनुभएको हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ११:२२

२४ भदौं, काठमाडौं । युवा पुस्ताले थालेको आन्दोलनमा समर्थन जनाउन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा उत्रिएकी छन् ।

उनी घरबाट सोझै मीनभवनमा आएर सिभिल अस्पतालका घाइतेहरूलाई भेट्नुका साथै सडकमा आएर आन्दोलनरत युवाहरूलाई भेटेर ऐक्यबद्धता जनाएकी हुन् ।

‘यो हदसम्म गएपछि सहन हुदैन भनेर उहाँ हामीसँगै गाडीमा आउनुभएको हो, अस्पतालमा गएर बिरामी र आफन्त भेट्निुभयो,’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘उहाँले मीनभवन सडकमा आएर युवाहरूप्रति ऐक्यबद्धता जनाउनुभयो । युवाहरूको आन्दोलन र भावनामा साथ दिने उद्देश्यले सडकमा आउनुभएको हो ।’

त्यसक्रममा केही आन्दोलनकर्मी र अरु युवाले पूर्वप्रधानन्यायाधीश कार्कीलाई भेटेका थिए । उनी केहीबेरमा वीर लगायत अरु अस्पतालमा पुगेर बिरामीको अवस्थाबारे जानकारी लिने र फर्किने योजना छ ।

पुराना प्रजातान्त्रिक योद्धा एवं कार्कीका पति दुर्गा सुवेदी अहिले निवासमै छन् । सिभिल अस्पतालमा एक बालिकाको दर्दनाक अवस्था देखेर उनले आफूलाई रुँदै फोन गरेको सुवेदीले बताए ।

‘उहाँ निकै भावुक हुनुभयो, यस्तो अवस्था रहेछ, हामी बाच्नुको के अर्थ भन्नुभयो’ सुवेदीले अनलाइनखबरसँग भने, ‘यो हदसम्मको क्रुरता किन देखाउनुपरेको होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?