
२४ भदौ, काठमाडौं। अमेरिकाको युटाहा राज्यमा नेपाली युवाले सोमबार भएको प्रदर्शनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सभा गरेका छन् ।
नेप्लिज कम्युनिटी युटाहाको संयोजनमा भेला भएका युवाले नेपालमा जेनजी प्रदर्शनमा ज्यान गुमाउने १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गरे।
उनीहरुले देशमा उत्पन्न परिस्थितिप्रति आफूहरु मर्माहत भएको भन्दै जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
अमेरिकाको डालसमा पनि करिब ५ हजारको संख्यामा मानिसहरु भेला भएर प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4