+
+
Shares

अखिलको अध्यक्षबाट सुजन कडरियाले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १३:२३

२४ भदौ, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

सरकारले जेनजीहरूको प्रदर्शनलाई दबाउने प्रयास गरिरहेको उनले बताएका छन् । उनले ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन’ भएको पनि बताएका छन् ।

‘विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन,’ कडरियाले लेखेका छन् ।

उनले आफूहरूको पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गरेको पनि बताएका छन् ।

‘समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु। जनताको सेवामा निरन्तर लाग्ने छु,’ उनले लेखेका छन्, ‘यतिबेला सरकारले जनताको भावना विपरित आन्दोलनलाइ दबाउन खोजिरहेको प्रज्ञाभुती भएको छ।यसको नतिजा भयाभह हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?