+
+
Shares

काठमाडौं जिल्ला अदालतमा पनि आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १५:१९

२४ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंमा पनि आगजनी भएको छ । अदालतका दस्तावेज, कागजहरू सडकमा फालिएको छ । र त्यहीँ आगजनी गरिएको छ ।

उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।

उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।

अहिले पनि उनीहरू सरकारी कार्यालय र अन्य भवनहरू खोज्दै जलाउँदै हिँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?