
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशसभा भवनमा कर्फ्यू उल्लंघन गर्दै आन्दोलनकारीले आगजनी गरेका छन्।
- आन्दोलनकारीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको सरकारी निवासमा तोडफोड र गाडी आगजनी गरेका छन्।
- प्रदेश प्रमुखको कार्यालय, नेकपा एमालेको पार्टी कार्यालय र आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी भएको छ।
२४ भदौ, विराटनगर। कोशी प्रदेशसभा भवनमा आगलागी भएको छ । कर्फ्यू उल्लंघन गर्दै आन्दोलनकारीले कोशी प्रदेशसभा भवनमा प्रवेश गरेर आगजनी गरेका हुन् ।
आगजनीका कारण प्रदेशसभा बैठक भवन जलिरहेको छ । सुरक्षाकर्मी प्रदर्शनकारीको सामू निहिर भएर फर्किएका छन् ।
जेनजी आन्दोलनकारीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको सरकारी निवासमा तोडफोड र एउटा गाडी आगजनी गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयमा पनि आगजनी भएको छ ।
त्यस्तै नेकपा एमालेको पार्टी कार्यालय पाञ्चालीमा प्रदर्शनकारीले आगजानी गरेका छन्।
ट्राफिक चोकस्थित आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4