
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरमा जेनजी आन्दोलनकारीले सरकारी कार्यालय खोजी खोजी आगजनी गरेका छन्।
- आन्दोलनकारीले कोशी प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय र अदालतमा आगजनी गरेका छन्।
- प्रदेश प्रमुखको सरकारी निवासमा तोडफोड र सवारीमा आगजनी भएको छ भने नेकपा एमालेको पार्टी कार्यालयमा पनि आगजनी भएको छ।
२४ भदाै, विराटनगर । विराटनगरमा जेनजी आन्दोलनकारीले सरकारी कार्यालय खोजी खोजी आगजनी गरेका छन् ।
मंगलबार दिउँसो सरकारी कार्यालय खोजी खोजी आगजनी गरेका हुन् ।
प्रदर्शनकारीको आन्दोलन उग्र भएपछि सुरक्षाकर्मी पछि हटेका छन् । सुरक्षाकर्मी पछि हटेका कारण बजारमा प्रदर्शनकारीले सरकारी कार्यालय खोजी खाेजी आगजनी गरिरहेका छन् । आगजनी गर्ने समूहले चाेरी र लुटपाट पनि मच्चाइरहेकाे छ ।
आन्दोलनकारीले कोशी प्रदेशसभा भवनमा आगजनी गरेका छन् । कर्फ्यू उल्लंघन गर्दै प्रदेशसभा भवन प्रवेश गरेर आन्दोलनकारीले आगजनी गरेका हुन् ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पनि आगजनी भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि आगजनी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय नजिकै रहेको हुलाक कार्यालयमा पनि आगजनी भएकाे छ । प्रदेश प्रमुख पर्शुराम खापुङको सरकारी निवासमा तोडफोड र सवारीमा आगजनी भएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा पनि आगजनी भएको छ । विराटनगरमा रहेकाे आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी भएकाे छ ।
जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा आगजनी भएको छ ।
नेकपा एमालेको पार्टी कार्यालय पाञ्चालीमा पनि आगजानी गरेको समूहले सरकारी कार्यालय खोजेर आगजनी गरिरहेका छन् ।
आन्दाेलनकारीले सरकारी कार्यालयमा आगजनी गर्दै कार्यालयमा रहेका सामान पनि उठाएर लगिरहेका छन् ।
विराटनगरकाे मेनराेड र काेशी राजमार्गकाे चाेकचाेकमा टायर बालेर प्रदर्शन भइरहेकाे छ ।
प्रतिक्रिया 4