+
+
Shares

पोखरामा लखन थापाको शालिक ढालियो, राखियो पृथ्वीनारायण शाहको प्रतिमा

उनीहरूले पृथ्वीनारायण शाहको प्रतिमा राखेका छन् । यहाँ यसअघि यहाँ कसको शालिक राख्ने भन्ने विवाद थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १६:४३

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनको मेसो पारेर पू्र्वराजा समर्थितले पोखराको पृथ्वीचोकको सहिद लखन थापाको शालिक ढालेका छन् ।

उनीहरूले पृथ्वीनारायण शाहको प्रतिमा राखेका छन् । यहाँ यसअघि यहाँ कसको शालिक राख्ने भन्ने विवाद थियो ।

दोस्रो जनआन्दोलनमा यहाँको पृथ्वीनारायणको शालिक ढालिएको थियो । गणतन्त्र आगपछि  सहिद लखन थापाको शालिक राख्दै शहिद चोक नामाकरण गरिएको थियो ।

पछि पनि पटक पटक यहाँ कसको शालिक राख्ने भन्ने चलिरहन्थ्यो ।

अहिले जेनजी आन्दोलनको मौका छोपेर शहिद लखन थापाको शालिक ढालेर पृथ्वीनारायणको प्रतिमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?