+
+
Shares

नख्खुका सबै कैदी निस्किए, कारागार खाली

कारागारबाहिर प्रदर्शनकारीहरू पुगेसँगै कारागार प्रशासन निरीह बन्न पुगेको थियो । लगत्तै, लामिछानेसहितका कैदीहरू बाहिरिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते २०:२३

२४ भदौ, काठमाडौं । जेनजीहरूको उग्र प्रदर्शनपछि ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी निस्किएका छन् ।

रास्वपा सभापति रवि लामिछानेसहितका कैदीहरू प्रदर्शन उग्र बनेपछि कारागारबाट बाहिरिएका हुन् ।

कारागारबाहिर प्रदर्शनकारीहरू पुगेसँगै कारागार प्रशासन निरीह बन्न पुगेको थियो । लगत्तै, लामिछानेसहितका कैदीहरू बाहिरिएका छन् ।

ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, अहिले कारागार पूरै खाली भएको छ । ‘कोही पनि कैदी अहिले कारागारमा छैनन्,’ अधिकारीले भने ।

सोमबार र मंगलबार भएको प्रदर्शन अराजक बन्न पुगेको थियो ।

जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ ।

देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् ।

यसैबीच सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?