
२४ भदौ, तनहुँ । जिल्ला कारागार तनहुँबाट कैदी भागेका छन् । जेनजी प्रदर्शनकारीहरूको सहयोगमा कैदीबन्दीहरुले कारागार तोडेर भागेका हुन् ।
दमौलीमा दिन भर जेनजी आन्दोलनकारीले सरकारी कार्यालयहरु जलाउँदै रातको समयमा कारागारबाट कैदीबन्दी छुटाउन पुगेका थिए ।
रातको ८ बजे जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेर भागेको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला बाहिर घर भएका कैन्दीबन्दीहरूलाई जेनजी प्रदर्शनकारीहरू सार्वजनिक बस, माइक्रो, ट्रकमा चढाएर घर पठाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4