
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला कारागार काभ्रेमा कैदीबन्दीले दिउँसो १२ बजेतिर गरेको आगजनी दमकल प्रयोग गरी नियन्त्रणमा लिइएको छ।
- आगजनी गर्ने सागर मैनालीसहित ४ जनालाई असुरक्षा भएपछि कारागारबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख शाहले जानकारी दिए।
- कारागार सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको र २८३ कैदीबन्दी सुरक्षित रहेको प्रहरीले जनाएको छ।
२४, भदौ काभ्रेपलाञ्चोक। जिल्ला कारागार काभ्रेमा कैदीबन्दीले दिउँसो १२ बजेतिर गरेको आगजनी नियन्त्रणमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले दमकल प्रयोग गरेर आगजनी नियन्त्रणमा लिएको जानकारी दिए।
कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको छ । कारागाारमा रहेका २८३ कैदीबन्दी सुरक्षित रहेको प्रहरीले जनाएको छ।
आगजनी गर्ने सागर मैनाली लगायत ४ जनालाई कारागार भीत्र असुरक्षा भएपछी बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख शाहले जानकारी दिए ।
कारागार सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4