
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।
सोमबार र मंगलबार भएको जेनजीहरूको प्रदर्शनका कारण विमानस्थल बन्द गरिएको थियो । प्रदर्शनकारीहरू विमानस्थलको गेटमा पनि प्रदर्शन गर्न पुगेका थिए ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बन्द गरिएको विमानस्थल पुन: सुचारु भएको हो ।
विमानस्थल सुचारु भएसँगै आवातजावत गर्ने यात्रुहरूलाई आ–आफ्नो वायुसेवा कम्पनीहरूसँग सम्पर्क गर्न नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।
‘उडान समयको जानकारी लिई मात्रै विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात समेत लिएर आउन समेत अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4